नेपाल आइडल सीजन ५ को टप १६ मा कोशी प्रदेशकै एक्लो प्रतिस्पर्धी

  • कालिका खवर
  • बिहिबार, चैत्र २९, २०८०
  • नेपाल आइडल सीजन ५ को टप १६ मा कोशी प्रदेशकै एक्लो प्रतिस्पर्धी झापा बिर्तामोडकी ईशा सुवेदी पुगेकी छिन । एपी वान टेलिभिजन मार्फत प्रशारण भैरहेको गायन रियालिटि सो ‘नेपाल आईडल सीजन ५’ को टप १६ मा प्रवेश गरेकी २१ बर्षिया इशा बिर्तामोडको प्रोभिडेन्स कलेजमा स्नातक तहमा अध्ययनरत छिन् ।
    सानैदेखि गितसंगीतमा रुचि राख्ने स्वभावकी, मिठो स्वरकी धनि उनी नेपाल आइडलको टप १६ मा पुग्दा झापाली मात्रै नभई पुर्वी नेपाल नै खुशी भएको उनका दाई बिराज सुवेदीले बताएका छन् । गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको सात प्रदेशका आठ सहरमा अडिसन दिएका थिए ईशा सुबेदी पहिलो एपिसोडमा बिर्तामोड अडिसन बाट छनोट भएकी थिन ।
    नेपाली संगीत क्षेत्रका लागि नेपाल आइडल एक कडीको रुपमा स्थापित छ ।
    अहिले नेपाली संगीत जगदम राज गरिरहेका अश्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दाश लगायतका गायक गायिकाहरु नेपाल आइडलकै उत्पादन हो । कोशी प्रदेशकै एक्लो प्रतिस्पर्धी भएकाले ईशालाई भोट दिएर सहयोग गर्दै जिताउन ईशाका परिवारले आग्रह गरेका छन |

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs