गायक मोतिराज खनाल र सबिन खड्काको “सम्झनाले हो” बजारमा

  • कालिका खवर
  • आइतवार, भदौ १०, २०८०
  • गायक तथा सर्जक मोतिराज खनाल र सबिन खड्काको तिजगीत बजारमा आएको हो । निकै मार्मिक र मर्म स्पर्सि तिज गीत मोतिराज खनाल अफिसियल युटुव बाट बजारमा आएको हो । गायक खनालकै शब्द तथा गीता पराजुली खनालको संगित रहेको तिजगीत सम्झनाले हो पुरुष तर्फ लोकप्रिय गायक मोतिराज खनाल र इन्द्रेणी कार्यक्रममा चर्चित गायक छत्र शाही र महिला गायिका तर्फ लोकप्रिय गायिका भुमिका बयकले गीतलाइ मिठास पुर्ण तरिकाले प्रस्तुत गरेका छन । छाडा र उत्ताउला गीतले तिजलाइ नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला खनालले भने तिजको झल्को मेटिने गरी गाऊ घरमा आमा , हजुरआमा हरुले घन्काउने लोक भाकालाइ टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक तिजगीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । म्युजिक भिडियोमा शिवजी क्षत्री र आरुशी मगरको नृत्य ले दर्शकको मन जित्न सफल भएको छ भने अभिनय तर्फ सबिन खड्का प्रदिप खड्का र स्मिति हमालको दमदार प्रस्तुति ले बेलाबेला दर्शकलाइ भावविहल बनाएको छ आमा नहुदा तिजमा माइत जादा चेलीलाइ कति पिडा हुन्छ भन्नि कुरा कलाकार हरुले गीत मार्फत प्रस्तुत गरेका छन । शिबजी क्षत्रीको निर्देशन तथा कोरियोग्राफर रहेको यस गीतको छायाङ्कन दुर्गा श्रेष्ठले गरेका हुन । एरेन्ज मिक्सिङ र रेकर्डिस्ट रुबिन मगरको रहेको यो गीत मन्जरी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतका सर्जक तथा गायक मोतिराज खनालका लोक भाकाहरु बजारमा दर्जनौ आइसकेका छन । गीत संगित क्षत्रका होनहार ब्याक्तित्व खनाल लोक संगित क्षत्रमा कोशेढुङ्गा साबित भएका छन । यो क्षत्रको लागी इटा थप्ने काम गरेका छन । खनालका बजारमा आएका गीत मध्य जुनि जुनी सङ्गै बाचौला , ऋण बढेर दोब्बर भैसक्यो , लालीगुराँस फुल्यो मायालु , सङगै सुते लाग्छ गोडामा , सधै तमसा , यो सन्देश पठाइदेउ मेरी सानीलाइ , जम्काभेट , के जमाना आयो , पैसाको बिटो , मामा घर , छोरी माइती , आउ बस आडैमा , मिर्मिजालैमा लगायत तमाम गीत आइसकेका छन । गीतको अलावा खनाल टेली सिरियलमा पनी आवद्ध छन , काउकुती , आलु , छिमेकी हुदै अहिले बाह्रमासे सिरियलमा खनाललाइ देख्न सकिन्छ । गीत कलाकारिता क्षत्रमा निरन्तर लागेका खनालको मन्जरी डिजिटल रेकर्डिङ स्टुडियो पनि सथिहरु सङ्ग मिलेर चलाएका छन ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs