चर्चित गायिका मिना बेल्बासेले सर्बोत्कृष्ट एकल तीज गीत गायिकाको अवार्ड हात पारिन्

  • कालिका खवर
  • शुक्रबार, भदौ २९, २०८०
  • बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड-२०८० को सर्बोत्कृष्ट एकल तिज गीत गायिकाको अवार्ड गायिका मिना बेल्बासेले प्राप्त गर्न सफल भएका छन् ।

    गायिका बेल्बासेलाई माईतीको झल्कोले तीज गीतबाट उक्त अवार्ड प्रदान गरिएको हो। सुमधुर स्वरको धनी गायिका बेल्बासे लोक दोहोरी तथा तीज गीत गायनमा आफ्नो कला प्रस्तुतिको कारण चर्चामा रहेकी छिन्। स्वर्गीय कल्पना स्मृति फउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगरद्वारा आयोजित बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८० को फाईनल कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो।

    बिशाल मुभिज प्रा.लि.का अध्यक्ष चर्चित गायक तथा सर्जक हुम गैरेको अध्यक्षता एवं प्रतिनिधि सभा उप-सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्ड कार्यक्रममा सांसद नारायण आचार्य, राष्ट्रिय जन साँस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, बिशाल मुभिजका संरक्षक तथा बरिष्ठ लोक गायक ईन्द्र जि.सी., सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य ब.मगर, बरिष्ठ गायक सेमन्तमणि खराल लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

    कार्यक्रमा बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने र बरिष्ठ लोक गायिका शर्मिला गुरुङलाई दशक गायिकाको रुपमा सम्मान गरिएको थियो । तमु बौद्ध सेवा समाजको सभाहलमा आयोजित सो कार्यक्रममा तिज गीतसँग सम्बन्धित २२ बिधाका ५२ जना कलाकर्मीहरुलाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ईन्दिरा रानाले तिज संस्कृति जोगाउन बिशाल मुभिजले गरेको यो कार्यलाई आगामी दिनमा राज्यले सघाउने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । सर्जक कलाकारहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम कुशल कार्यक्रम प्रस्तोता राशी रिजालले सञ्चालन गरेकी थिईन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs