रामायणका लागि केजिएफ स्टार यशले १५० करोड भारु लिने

  • कालिका खवर
  • सोमवार, कार्तिक ६, २०८०
  • कन्नड सुपरस्टार यश बलिउडमा इन्ट्री गर्ने तयारीमा छन् । केजीएफ फ्रेन्चाइजीबाट विश्वव्यापी चर्चा कमाएका यशले निर्देशक नितेश तिवारीको महत्त्वाकांक्षी परियोजना रामायणका लागि अनुबन्ध भएका छन् ।

    फिल्मको सुटिङ आगामी वर्ष फेब्रुअरीदेखि सुरु हुने अनुमान गरिएको छ । यशले यो फिल्मलाई बलिउडमा प्रवेशको लागि रोजेको बताइएको छ । फिल्ममा उनको न्यूनतम फिस १ अर्ब भारु हुने र सुटिङ दिनमा बढ्यो भने यो बढेर १ अर्ब ५० करोड भारुसम्म पुग्न सक्ने बताइएको छ ।

    यो फिल्ममा यश अलग्गै लुकमा देखिँदैछन् । यस फिल्मका लागि उनले आफ्नो फिजिकमा काम गर्न पनि सुरु गरिसकेका छन् । यशसँग यतिबेला रामायण बाहेक केजीएफ थ्री पनि हातमा छ । यो फिल्मको सुटिङ भने आगामी वर्ष अन्त्यसम्म सुरु हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs