चलचित्र “रेड-अन”को टिजर सार्वजनिक ट्राफिक नियममा चलचित्र बनेको निर्देशक यज्ञजङ्ग बिकको भनाई

  • कालिका खवर
  • शनिबार, मंसिर २, २०८०
  • कर्णाली प्रदेश,सुर्खेत ।चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश बोकेको चलचित्रलाई यज्ञजंग विके(आयुष बिसी) ले निर्देशन गरेका हुन्। चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द यादवको अभिनय छ ।

    निर्देशक बिकले विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा समावेश गरिएको बताए । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ ।

    विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको चलचित्रमा सम्राट थापाको पार्श्व संगीत, राज गौतमको सहायक निर्देशन, सुजन विश्वकर्माको छायांकन रहेको छ भने चलचित्रमा निर्माण नियन्त्रक नेत्र बिष्ट रहेकाछन । चलचित्रमा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs