विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या दुई पुग्यो

  • कालिका खवर
  • बुधबार, मंसिर २०, २०८०
  • काठमाडौं । विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

    आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
    विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार दिउँसो परफ्युमको बट्टा फुटाल्ने क्रममा गोदाममा आगलागी भएको कबाडीमा काम गरिरहेका कामदारहरूले जनाएका छन् ।

    आगलागीमा घाइते अन्य तीनजना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर पासमानको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
    करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरपालिकाको दुई वटा, दुहबी र सुन्दर हरैचाको एक एक गरी चार वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs