सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद

  • कालिका खवर
  • बुधबार, मंसिर २०, २०८०
  • काठमाडौँ । काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको चिनी फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध तवरबाट आएको भेटिएपछि १८ हजार ८५० केजी चिनी राखेको गोदाम सिल गरेको छ ।

    गोदाम सिल गरेर आयातकर्तालाई झिकाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले रातोपाटीलाई बताए ।

    सो चिनी जय माँ दुर्गा इन्टरप्राइजेजले आयात गरेको हो । आयातकर्ताले बुझाएको प्रज्ञापनपत्र र बोरामा उल्लेखित विवरण म्याच नभएको निर्देशक पोखरेलले बताए । उनले भने–‘३१७ बोरा चिनी सिल गरेर थप छानबिन गरिरहेका छौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs