दश वर्षमुनिका बालबालिकाले चलचित्र ‘चित्रा’ नि:शुल्क हेर्न पाउने

  • कालिका खवर
  • सोमवार, मंसिर २५, २०८०
  • काठमाडौं । दश वर्षमुनिका बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने भएका छन् । चलचित्र ‘चित्रा’सँग नाम मिले तीनवटा टिकट निःशुल्क उपलब्ध गराउने निर्माण पक्षले जनाएको छ ।

    पुस २७ गते रिलिज हुने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् ।

    चलचित्रले बाबुछोरीको कथा भन्ने निर्देशक लामिछानेले बताएका छन् । आशिष थापा मगरले निर्माण गरेको चलचित्रमा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ ।

    चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरि, शुभेक्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs