मेनुका पौडेल चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै

  • कालिका खवर
  • सोमवार, मंसिर २५, २०८०
  • काठमाण्डाै।  गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने माैका पाएकी छिन् ।

    हिजाे प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’ फिल्मका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाउने मौका पाएको जानकारी दिएकी हुन् ।

    दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभाषकाे अभिनय रहेकाे फिल्म सालारका निर्माता प्रशान्त निलले मेनुकालाई गीत गाउने अवसर प्रदान गरेका हुन् ।

    उनले यो अवसरलाई आफ्नाे गायन क्षेत्रको ‘टर्निङ प्वाइन्ट’ रुपमा लिएकाे बताएकी छिन् । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs