तनहुँमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

  • कालिका खवर
  • बुधबार, मंसिर २७, २०८०
  • काठमाडौं । तनहुँमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–७, सेराडी बस्ने ७३ वर्षीय रनबहादुर सारू रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs