रातको समयमा काठमाडौंमा चोरी गर्ने ६ जना पक्राउ

  • कालिका खवर
  • बुधबार, मंसिर २७, २०८०
  • काठमाडौं । रातको समयमा काठमाडौंका विभिन्न ठाउँबाट चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । विभिन्न मिति र स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्नेहरू भारतको बैसालीका १८ वर्षीय किशोर, मोतीहारीका १९ वर्षीय किसन गिरी, विहारका २१ वर्षीय कृष्ण पोदार छन् । त्यस्तै, काठमाडौंको नागार्जुन नगरपालिका–६, सीतापाइला बस्ने ३० वर्षीय विक्रम गर्तौला, झापाको बाहुनडाँगी नगरपालिका–८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका–९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा पक्राउ परेका छन् । उनीहरूमध्ये विक्रम, रमेश र डिल्लीराम सुन पसले हुन् ।

    गत असार १५ गते काठमाडौको शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते विजयचोकस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट सामान चोरी भएको थियो ।१३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
    उनीहरूबाट सुनको पोतेसहित नौगेडी तीन थान, सुनको मंगलसुत्र तीन थान, सुनको औठी तीन थान, सुनको तिलहरी दुई थान र सुनको झुम्का दुई जोर बरामद भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs