जनवरीदेखि केन्या जान विदेशीले भिसा लिनु नपर्ने

  • कालिका खवर
  • बिहिबार, मंसिर २८, २०८०
  • काठमाडौं । केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकका निम्ति भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशीले सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने भएको हो ।

    राष्ट्रपति विलियम रुटोले मंगलबार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरे । रुटोले आउँदो जनवरीदेखि सबै विदेशी नागरिक भिसाबिना नै देशमा प्रवेश गर्ने बताए । यो कदमले पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

    केन्याली नेताले भिसामुक्त नीति लागु गर्न सरकारले देशमा आउने सबै यात्रीलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताए । केन्याले यसअघि इन्डोनेसिया, सेनेगल र कंगोका नागरिकलाई भिसाबिनै प्रवेश दिएको थियो ।

    राष्ट्रपति रुटोले २०२२ सेप्टेम्बरमा सत्ता सम्हालेपछि महाद्वीपको एकीकरण एजेन्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीका निम्ति भिसा उन्मूलन गर्न वकालत गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs