गीतकार खड्काको खोजेरै आयौ सार्वजनिक

  • कालिका खवर
  • आइतवार, पुस १, २०८०
  • कवि तथा गीतकार गणेश खड्काको नयाँ गीत खोजेरै आयौ सार्वजनिक भएकोछ । अक्सर प्रेम संयोगले हुन्छ र वियोग बाध्यताले हुन्छ भन्ने प्रेम जिवनका स्वभाविक प्रक्रियाहरुलाई प्रस्तुत गीतमा उनिएको छ । माया-प्रेमको प्यासमा मृगतृष्णा झैं भौतारिइरहेको मन आफू अनुकुल दिल भेटेपछि त्यहीँ गएर बास बस्छ तर स-साना बाध्यतामा परेर टाढा हुन्छ । प्रेम पिडाको त्यही प्रतिकुलतालाई गीतले आत्मसात् गरेको छ । प्रेम्ममा मिलन, बिछोड एक स्वभाविक प्रक्रिया भए पनि कुनै बिछोड बाध्यताले हुने र कुनै बिछोड नियतवश अथवा कसैको भड्काउ या बहकाउमा लागेर हुने गर्दछ । यहाँ प्रस्तुत खोजेरै आयौ गीतले प्रेम वियोगका यिनै विविधतालाई चित्रण गर्दै सबै प्रेमिल जोडीहरुलाई दीर्घकालीन प्रेम गर्न प्रतीकात्मक रुपमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

    “गणेश खड्का” युट्युब च्यानल मार्फत यहि २०८० मङ्सिर ३० गते सार्वजनिक भएको “खोजेरै आयौ” गीतमा शब्द गणेश खड्का, सङ्गीत डीआर अटु, सङ्गीत संयोजन राजु कार्की र दृश्य छायांकन इसाक जबेगुको रहेकोछ ।
    म्युजिक भिडियोको नाममा गीतका मूल श्रष्टाहरुलाई ओझेल पार्नेगरी मोडेलहरु नचाएर गीत सार्वजनिक गर्ने प्रचलित ट्रेन्ड भन्दा फरक शैलीबाट आएको यो गीतले श्रोताहरुको मन जित्नेमा यहाँ सामेल सबै सर्जकहरु विश्वस्त छन् । गीत भनेको श्रव्य साहित्य र सुनेरै आनन्द लिनुपर्ने माध्यम भएकोले हेर्ने भन्दा पनि सुन्ने गीत बनाउन आफुहरु लागेको पछिल्लो समय यस्तै शैलीका गीत, गजलहरु प्रस्तुत गर्दै आएका दुई दर्जनभन्दा बढी गीत,गजल रेकर्ड गराईसकेका सर्जक गणेश खड्काको भनाइ छ । प्रस्तुत गीतको भिडियोमा अर्को पनि एउटा आकर्षण छ । त्यो हो- मेलोडी किङको नामले परिचीत लोकप्रिय गायक स्वरुपराज आचार्य यहाँ एउटा गायक मात्र होइन, नायकको रुपमा पनि प्रस्तुत भएका छन् ।
    पुरै गीत बुझ्न प्रस्तुत गीत हेर्नै/सुन्नैपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs