स्ववियु पब्लिक युथले जाडोबिदामा ९-१५ दिने फिनान्सिएल इन्डिपेन्डेन्ट प्रोग्राम संचालन गर्ने

  • कालिका खवर
  • बिहिबार, पुस १९, २०८०
  • काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन पब्लिक युथ क्याम्पसले जाडो बिदा लक्षित कार्यक्रम ल्याएको छ । स्ववियुले विद्यार्थीहरुको आर्थिक स्वतन्त्रताका लागि ‘जाडोबिदा’ (Winter Vacation) लाई लक्षित गर्दै बैंकिङ, शेयर बजारको प्रशिक्षण तथा एंकरिङ, प्रेरणात्मक तथा डिजिटल मार्केटिङ (SEO) क्लासहरू गर्ने भएको छ । स्वबियुले  ९-१५ दिने कार्यक्रम आयोजना गर्ने जनाएको छ।

    यस कार्यक्रममा बिद्यार्थीहरूलाई व्यक्तिगत विकास गर्न र ज्ञान हासिल गर्नको लागि समेत प्रेरित गर्ने उद्देश्य रहेकोले सम्पूर्ण बिद्यार्थी हरूलाई  निमन्त्रण गरिएको स्ववियु सभापति नविन पाण्डेले बताए । स्नातकका विध्यार्थीहरुलाई दक्ष बानाई नेपालमा नै रोजगारी सृजना गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागेको सभापति पाण्डेले जनाए । यो कार्यक्रम पश्चात केही सहभागीहरुलाई जागिरको समेत ब्यबस्था गरिने स्ववियुले जनाएको छ ।

    राष्ट्र बैंकका निर्देशक, उपनिर्देशक तथा विभिन्न बैंकका सिइओ तथा डिसिइयो हरुबाट  बैंकिङ गराइने तथा शेयर बजारका बिज्ञहरुबाट शेयरबजार तालिम दिईने स्ववियुले जनाएको छ । त्यस्तै अन्य तालिमहरु पनि विषय बिज्ञबाट गराईने छ ।

    रजिष्ट्रेशनका लागि आजैदेखि  पब्लिक युथ क्याम्पसका मानव संसाधन परिसरमा आफ्ना नामहरू टिप्न अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs