प्रधानमन्त्री असक्षम, विपक्षी दल मौनः अब त सरकारको विरोध गर्नेकि आम सर्वसाधारण !

  • कालिका खवर
  • शनिबार, माघ १३, २०८०
  • अनुसा थापा, भक्तपुर । हामीले देखिरहेका हुन्छौं, सार्वजनिक सवारी साधन आउनेबित्तिकै सर्वसाधारणहरुबीच भागदौड मच्चिन्छ । गाडी गुडिरहेको हुन्छ, तैपनि सर्वसाधारण ज्यानको बाजी राखेरै चढ्छन् । चाहे त्यो गाडीमा सिट होस् या नहोस् । ढोकैसम्म झुण्डिएर यात्रा गर्न पनि सर्वसाधारण तयार छन् ।
    किन कि उनीहरुलाई आफ्नो गन्तव्यमा पुग्न हतारो भइरहेको हुन्छ । उसैपनि गाडी पर्याप्त छैन्, भागेन्, कुदेन् वा ज्यानको जोखिम राखेन् भने गाडी छुटिहाल्छ । अर्को गाडी कुर्दा त थप समय खेर जान्छ । समय निकै महत्वपूर्ण छ । समय घुमिफिरी आउँदैन् । समय समात्न सक्ने व्यक्ति मात्र आफ्नो लक्ष्यमा पुग्छ ।
    तर, यो कुरा हाम्रो देशको राजनीतिज्ञहरु बुझ्दैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद सम्हालेको १४ महिना बितिसकेको छ । यो अवधिमा उनले दाउरा सुरुवाल लगाउने र साइरनवाला गाडीमा हुँइकिनेबाहेक केही काम नै गरेनन् । उनलाई समय कति महत्व छ ? भन्ने कुरा थाहै भएन् ।
    यो अवधिमा प्रचण्डले देश र जनताको हितमा एउटा पनि निर्णय गरेका छैनन् । देश बर्बाद भइसक्यो, जनता कंगाल भइसके, अझैपनि उनी पदमा बसिरहेका छन् । उनलाई लाज लाग्नुपर्ने हो ? प्रधानमन्त्री प्रचण्डको असक्षमता पुष्टि भइसकेको छ तर विपक्षी दल भने मौन छ ।
    प्रधानमन्त्रीको राजीनामा माग्ने आँट विपक्षीसँग छैन् । सरकारबाहिर बस्ने दलहरु यति कमजोर भएकि यिनलाई विपक्षी भन्न पनि लाज लाग्ने अवस्था बनेको छ । विपक्षी दल प्रधानमन्त्रीको सामुन्ने लम्पसार परेको छ । जसले गर्दा देश बर्बाद र जनता कंगाल भइसक्दा समेत उनीहरु चुइक्क बोलेका छैनन् ।
    विपक्षी दरो भएको भए प्रचण्डलाई एक सय दिन टिक्न पनि गाह्रो थियो । तर, विपक्षी कमजोर भइदिँदा उनी १४ महिना टिके । अहिले देखेका मान्छे एकैछिनपछि देख्दैन् । एकछिनमै ऊ दुनियाँमा नरहन नि सक्छ । एक मीनेटमा कहाँको मान्छे कहाँ पुगिसक्छ । तर, विपक्षी दलका नेताहरु भने चार वर्षपछिको सपना बोकेर हिँडेका छन् ।
    नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्को चुनावको प्रक्षेपण अहिले नै लगाउन थालेका छन् । ‘मिसन २०८४’ को अभियानमा छन्, यी दलहरु । ८४ सम्म यिनीहरु देशमा रहलान्, नरहलान् थाहा छैन् । नेपाल नै रहने, नरहने भन्न सकिन्न । अहिलेकै अवस्था रह्यो भने जनताले सबलाई लखेट्न बेर छैन् ।
    अनि मिसन ८४ को एजेण्डा बोकेर के फाइदा ? अहिले देशमा के भइरहेको छ ? जनता कुन अवस्थाबाट ग्रुजिएका छन् ? यसमा ध्यान दिऔं । चुनावअघि राष्ट्र र जनताको बारे ठूल्ठूला भाषण गर्नेहरु चुनाव जितेपछि आफूले गरेका बाचा बिर्सिन्छन् । फेरि यस्तै मिसनको एजेण्डा बोकेर हिँड्छन् ।
    अनि देशचाँहि कसले बनाउँछ ? काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह ‘बालेन’ आएको २० महिना भयो । उनले यो अवधिमा धेरै काम गरे । नेपाली माझ मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा उनको चर्चा छ । जनता देशको प्रधानमन्त्री बालेनलाई बनाउनुपर्ने भन्न थालिसकेका छन् ।
    एउटा मेयरले त त्यत्रो काम गरे भने देशका प्रधानमन्त्री, मन्त्री, सांसद्हरु हात बाँधेर बसेका छन् । निर्वाचन भएको एक वर्ष कटिसक्यो तर एउटा मात्र विधेयक सदनबाट पारित भएको छ । मासिक अर्बौं रुपैयाँ सांसदहरुको तलबभत्ता र सेवासुविधामा खर्च भएको छ । तर, उपलब्धि के ?
    सबै मिलीजुली राज्यको ढुकुटी लुट्ने खेलमा छन् । सत्तापक्ष नि खाने, विपक्षी नि खाने । देशको ढुकुटीले धान्न छोडिसकेको छ । जनताचाँहि खाईनखाई कर तिर्ने अनि यिनीहरु त्यसमा मोजमस्ती गर्ने । त्यतिले नपुगेर विदेशीबाट समेत ऋण ल्याउने । २०७९ मंसिर ४ गते भएको चुनावमा माओवादीले जम्मा ३२ सीट जित्यो ।
    त्योबाट नै माओवादीबाट जनताको विश्वास उठिसकेको देखिएको थियो । जनतालाई के थाहा छ भने प्रचण्डसँग काम गर्ने क्षमता छैन् । उनलाई टाउको हल्लाउन र आश्वासन दिन मात्र आउँछ भन्ने कुरा जनतालाई राम्रो जानकारी थियो । जनताले नपत्याएको पार्टीका अध्यक्ष अहिले देशको प्रधानमन्त्री छन् ।
    एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थका निम्ति प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरे । पहिलोचोटि उनले २६८ जना सांसदको विश्वासको मत पाए । जनताले नपत्याएर ३२ सीटमा सीमित बनाएकालाई दलहरुले पत्याए । जनताले पाखा लगाउँछन्, राजनीतिक दलहरुले आफ्नो फाइदाका लागि काखा च्याप्छन् ।
    प्रचण्डलाई विश्वासको मत दिने सांसदहरु अब जनतासामु गएर के भन्छन् ? कुन मुख लिएर जनताकहाँ जान्छन् ? प्रचण्डले हरेक हप्ता मन्त्रिपरिषद्बाट विदेशी ऋण स्वीकृत गर्छन् । विदेशी ऋण झण्डै २७ खर्ब रुपैयाँ पुग्न थालिसकेको छ । देशको आर्थिक स्थिति नाजुक अवस्थामा पुगेको छ ।
    राज्यको ढुकुटीमा राजश्व उठ्न छोडिसकेको छ । आर्थिक मन्दीका कारण व्यापारीहरु मर्काम परेका छन् । जनतासँग पैसा छैन् । बिहानबेलुका गर्जो टार्न सर्वसाधारणलाई समस्या परेको छ । बेरोजगारी ह्वात्तै बढेको छ । विदेश पलायन हुने नेपालीको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
    देश छोड्नेको लर्को विमानस्थलमा देख्न सकिन्छ । व्यापार–व्यवसाय डुबेर व्यापारीहरुले आत्महत्याको बाटो रोजिरहेका छन् । सहकारीले पैसा खाइदिएर बचतकर्तामा परेको पीडाको बयान गरिसाध्य छैन् । सरकारी अड्डामा भ्रष्टाचार व्याप्त छ । सरकारी कर्मचारीहरुको ‘कामचोर’ प्रवृत्ति रोकिन सकेको छैन् ।
    आएर हाजिर गर्ने अनि घरतिर कुलेलम ठोक्ने क्रम जारी नै छ । हरेक क्षेत्रमा सिण्डिकेट छ । यातायातमा भएको सिण्डिकेटको जरो कसैले उखालेर फाल्न सकेको छैन् । लामो समयदेखि ढुवानी, कालो र हरियो प्लेटको ट्याक्सी, फो स्टक टेम्पोको दर्ता खोलिएको छैन् । घरजग्गा कारोबार खस्किँदो छ ।
    शेयर र गाडीको मूल्य निरन्तर ओरालो लागिरहेको छ । सटर, कोठा, फ्ल्याट खाली हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । यो सरकारी असफल भइसक्यो भन्ने कुरा भारी बोकेर जीविकोपार्जन गर्नेलाई थाहा छ । विडम्बना, विपक्षी दलका नेतालाई थाहा छैन् । विपक्षीमा बसेका कुनै दलसँग राजनीति गर्ने क्षमता छैन् ।
    तिनलाई पनि जनता झुक्काउनेबारे मात्र थाहा छ । कुनै आठ कक्षा पढेका छन् । कुनै टेलिभिजनमा चिच्याउँथे त कुनै राजाको झोला बोकेर आएका छन् । सर्वसाधारणले यो सरकार हटाउनुपर्ने माग राख्न थालिसकेका छन् । देश जटिल अवस्थाबाट गुज्रिरहेको छ तर नागरिक समाज, विद्यार्थी संगठन, बुद्धिजीवी, अभियन्ताहरुले चुइक्क आवाज निकालेका छैनन् ।
    सरकारले काम गर्न सकिरहेको छैन् तैपनि सबै खुट्टा कमाएर बसेका छन् । कोहीसँग सरकारको विरोधमा बोल्ने आँट छैन् । विपक्षीले जनताले दिएको भोटको समेत कदर गर्न सकेनन् । जनता निकै अप्ठेरो अवस्थामा छन् तर उनीहरु वास्ता गर्दैनन् । विपक्षी दलहरु आफ्नो व्यक्तिगत स्वार्थमै केन्द्रित छन् ।
    जसको फाइदा प्रचण्डलाई भएको छ । विपक्षीले बोल्दैनन् अब जनताले नै बोल्नुपर्छ । यस्तै पारा भयो भने देश विकास होइन्, विनासचाँहि हुन्छ । जनता तातिन अवेला भएको छ । तीन करोड नेपाली जनताको देश हो यो । तर, सीमित व्यक्तिहरुले यसलाई आफ्नोजस्तो गरिरहेका छन् ।
    पार्टीको कार्यकर्ता भएर होइन्, नेपाली भएर सोच्न जरुरी भइसकेको छ । जनतालाई पाखा लगाएर आफ्नो मनमर्जी चलाइराखेका छन्, राजनीतिक दलहरु । अझैपनि निरीह भएर बस्ने हो भने देश तहसनहस बन्छ ।
    अनुसा थापा
    भक्तपुर

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs