हिमालयन रिइन्स्योरेन्सले ८०% हकप्रद सेयर जारी गर्ने

  • कालिका खवर
  • आइतवार, माघ २८, २०८०
  • हालै प्राथमिक सेयर (आईपीओ) जारी गरी दोस्रो बजारमा कारोबार भइरहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणपश्चात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । सो बोनस सेयर पश्चात हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

    कम्पनीले ४ प्रतिशत बोनस सेयर र हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नका लागि फागुन २० गतेका लागि साधारणसभा बोलाएको छ । सो साधारणसभाबाट यी प्रस्ताव पारित हुनेछ । त्यस्तै कम्पनीले घोषणा गरेको ४ प्रतिशत सेयर बोनस फागुन ६ गतेसम्म योग्य लगानीकर्ताले मात्रै पाउने छन् । अर्थात् फागुन ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs