दुर्गेश थापामाथि स्टेजमा जुत्ता प्रहार

  • कालिका खवर
  • आइतवार, माघ २८, २०८०
  • काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन् । शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा उक्त घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो । आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएका युवक र गायक थापालाई राखेर छलफल गरेको छ । ती युवकले आफूले जोशमा जुत्ता माथि फाल्दा स्टेजमा पुगेको र आफ्नो हान्ने नियत नभएको बयान प्रहरीलाई दिएका थिए ।

    दुर्गेशले पनि जुत्ताले आफूलाई नलागेको बताएपछि प्रहरीले दुवै जनाबीच मिलापत्र गराएको थियो । मिलापत्रपछि विवाद साम्य भएको प्रहरी प्रवक्ता लामाले जानकारी दिए । उक्त छलफलपछि प्रहरीले ती युवकलाई छाडेको छ । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदा २० हजार जतिको भीड भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs