आजको मौसम : देशका पहाडी भूभागमा आंशिक बदली रहने

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १, २०८०
  • हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs