प्रसाईंको पिता सर्वोत्कृष्ट

  • कालिका खवर
  • बिहिबार, फाल्गुन ३, २०८०
  • काठमाडौं । गीतकार ओमकृष्ण प्रसाईंले तेश्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड –२०२४ हात पारेका छन् ।
    प्रियसी म्युजिक प्रा.लि. र राष्ट्रिय लोक साँस्कृतिक संघद्धारा प्रदान गरिने उक्त अवार्ड प्रसाईंको पिता बोलको आधुनिक गीतले प्राप्त गरेको हो ।
    क्वालालम्पुर मलेसियामा सम्पन्न अवार्ड कार्यक्रममा प्रसाईंले उक्त अवार्ड प्राप्त गरेका हुन ।
    आफ्नो कार्यव्यस्तताका कारण अवार्ड कार्यक्रममा सहभागि हुन नसकेका प्रसाईंलाई आयोजक टिमले राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा तथा चर्चित गीतकार बि.पाण्डेले संयुक्त रुपमा राजधानी काठमाडौंमा अवार्ड प्रदान गरे ।
    कलाकार उदिराम खड्का, गायक सिडि बिजय अधिकारी, गायक अमृत खाती, गायिका रमला पाख्रिन तामाङ्ग र मोडल दिपेन्द्र राज गिरी अवार्डका जुरी मेम्बर रहेको उक्त अवार्ड कार्यक्रम मार्फत गीत संगीतका ३७ बिधाका प्रतिभाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
    फरक विधा र शैलीमा गीत सिर्जना गर्ने प्रसाईंले आफ्नो सिर्जना माथि दर्शक, श्रोता, आयोजक र जुरीको मूल्याङ्कनले उत्साहित तुल्याएको प्रतिक्रिया दिए । ‘पिता’ गीतमा राज्य राई देमिनले संगीत तथा भिडियो निर्देशन गायिका रचना रिमालको आवाज रहेको छ भने गीतको चलदृश्यमा गीतकार स्वयमकै प्रमुख भूमिका रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs