गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित गायक गणेश थापाको ‘आखाँमा झुम्न थाल्यो’मा रंगिए कमल र स्नेहा

  • कालिका खवर
  • आइतवार, फाल्गुन ६, २०८०
  • काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ ।

    बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए ।

    सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा  निर्देशन गीतमा रहेको छ ।

    सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs