मनीष अधिकारीको स्वर मा रहेको ‘रङ्ग कडा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

  • कालिका खवर
  • सोमवार, फाल्गुन ७, २०८०
  • गायक मनीष अधिकारीको स्वर मा रहेको ‘रङ्ग कडा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

    सार्वजनिक भिडियोमा मोडल गरिमा शर्मा र सम्राट दास फिचर्ड छन्। सार्वजनिक गीतमा प्रवीण राज जोशीको शब्द र सुमन परियारको संगीत रहेको छ।

    युवा निर्देशक रोशन दासको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई निरज कंडेलले छायाँकन गरेका हुन्। ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन विनोद बमले गरेका हुन्। भिडियोमा अशोक भूजेलको कोरियोग्राफी, सम्राट दासको प्रस्तुति र पोस्ट प्रोडक्शन रेज इन्टरमेन्टको रहेको छ। सिनेम्याटोग्राफर नितेश घतान र प्रोडक्सन म्यानेजर एचपी कंडेल रहेका छन्। ओएसआर डिजिटल बाट सार्वजनिक भएको ‘रङ्ग कडा’ ले जीवन, चिया र साथीको सम्बन्ध प्रेमिल बनाउने विश्वास निर्माण टिमको रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs