कस्तो रहनेछ आजको मौसम ?

  • कालिका खवर
  • सोमवार, फाल्गुन १४, २०८०
  • हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

    भोलि मंगलबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs