सुबासको निर्देशनमा स्वरुप राज आचार्यको ‘अजम्बरी नाता’ सार्वजनिक (भिडियो)

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १५, २०८०
  • काठमाडौँ। स्वरुप राज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘अजम्बरी नाता’ को भिडियो सार्वजनिक गरिएको छ। दुर्गा निधि कौडाल (नवराज) को शब्द रचना रहेको गीतमा सुर्य दयालुको संगीत तथा संगीत संयोजन रहेको छ। सुबास जि.सी.को निर्देशन रहेको भिडियोमा शिल्पा पोखरेल,बिष्णु सदा शंकर,बद्री पुडासैनी,अनिता श्रेष्ठ र दिनेश शदा शंकरको अभिनय रहेको छ।

    रेशम दर्लामीले छायाँकन गरेको भिडियोको सम्पादन पवित्रा जि.सी.ले गरेकी हुन्। किरण रानाको सहायक निर्देशन रहेको भिडियोको पोस्ट प्रोडक्सन सुबास फिल्म्समा भएको हो । प्रेम बिछोडको कथामा बनेको भिडियोलाई निर्देशक सुबासले कलात्मक रुपमा प्रस्तुत गरेका छन्।

    उर्मिला शदा शंकर र दिनेश शदा शंकरको लगानी रहेको भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs