बेलायतमा फेब्रुअरी अहिलेसम्मकै तातो महिना बन्यो

  • कालिका खवर
  • आइतवार, फाल्गुन २०, २०८०
  • बेलायतमा यो वर्षको फेब्रअरी अहिलेसम्मकै तातो महिना बनेको छ । बेलायतमा फेब्रुअरी महिनाको औसत तापक्रम ६ दशमलव तीन डिग्रि सेल्सियस रहेकोमा यो वर्षको फेब्रुअरीमा ६ दशमलव ९ डिग्रि सेल्सियस पुगेको बीबीसीले जनाएको छ । यसअघि सन् १९९८मा सबैभन्दा धेरै औसत तापक्रम ६ दशमलव ८ डिग्रि सेल्सियससम्म पुगेको थियो ।

    चिसो कम भएका कारण स्याउ नास्पाती जस्ता फलफूलको गुणस्तर कमजोर हुने खबरमा उल्लेख छ । जलवायु परिवर्तनको असरका कारण विश्वव्यापी रुपमा बढ्दो तापक्रमकै प्रभावका कारण बेलायतमा तातो महिनाहरु देखिने क्रम बढेको बेलायतका मौसम विज्ञहरुले बताएका छन् । जाडो महिनामा बढेको तापक्रमको असर गर्मीमा धेरै पर्ने र यसबाट अत्याधिक वर्षा र बाढीको सम्भावना बढ्ने विज्ञहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs