गोपालचन्द्र लामिछानेको २५ औँ वैवाहिक वर्षगाँठको छेकोमा पत्नी गीतासँग पुनर्विवाह

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २२, २०८०
  • फिल्म निर्देशक गोपालचन्द्र लामिछानेले २५ औँ वैवाहिक वर्षगाँठको छेकोमा पत्नी गीतासँग पुनर्विवाह गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको हिन्दूबौद्ध मन्दिरमा उनले शनिबार विवाह गरेका हुन् । छोरी मोनिका र छोरा मौलिकले बाबुआमाको पुनर्विवाह गराइदिएका हुन् । लामिछानेले ‘लम्फु’, ‘बोक्सी’ लगायतका फिल्म निर्देशन गरेका छन् ।

    परिवार विघटन र सम्बन्ध विच्छेदजस्ता घटना बढिरहेको बेला लामिछानेको पुनर्विवाहले सकारात्मक सन्देश प्रवाह गर्न खोजेको विवाहमा सहभागी बताउँछन् । ‘१८ वर्ष नपुग्दै अभिभावकको साथ छाड्ने अमेरिकी समाजमा लामिछानेको पुनर्विवाहले सकारात्मक सन्देश फिल्मकर्मी सुमन दाहालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs