एलिनाको व्यवहारप्रति साउन्ड सिस्टम व्यवसायीको आपत्ति

  • कालिका खवर
  • शनिबार, फाल्गुन २६, २०८०
  • गायिका एलिना चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारप्रति साउन्ड सिस्टम व्यवसायीले खेद प्रकट गरेका छन् । फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको उनीहरूको आरोप छ ।

    गायिका चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म ६ वा साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका छन् ।

    चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउन्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेको उनीहरूको भनाई छ । ‘जुन कार्यक्रममा गए पनि उनले ‘साउन्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ । आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs