पुजा र हिमालको आवाजमा ‘किन रुवाको’ सार्वजनिक (भिडियो)

  • कालिका खवर
  • सोमवार, फाल्गुन २८, २०८०
  • बाल गायिका पुजा देवकोटा र हिमाल परियारको स्वरमा ‘किन रुवाको’ लोक गीत सार्वजनिक भएको छ । उक्त गीत मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो ।

    कलाकार नरेश खातीले शब्द सृर्जना र संगीत भरेको गीतको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । नरेश खातीले नै निर्देशन गरेको गीतको म्युजिक भिडियोमा पुजा देवकोटा र हिमाल परियार नै देखिएका छन् । हिमाल परियारको यो पहिलो गीत पनि हो ।

    मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई छोटो समयमा धेरैले रुचाइएको छ । उक्त गीतले यो समाचार तयार पार्दासम्म दुई लाख २७ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs