मुटु उपचारमा पनि गति लिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

  • कालिका खवर
  • सोमवार, चैत्र ५, २०८०
  • केन्द्र स्थापना भएको १२ वर्ष अवधिमा १२१६ जनाको मृर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्र अब मुटु उपचारमा पनि अब्बल बन्दै गएको छ ।
    विगत ४ वर्ष देखि मुटुरोग सम्बन्धि विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा छ । प्रत्येक महिना ७०० जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि विशेषज्ञ सेवा, ३५० जना भन्दा बढीले इ सि जि सेवा तथा २५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेका छन भने आइतवार, मंगलवार र विहिवार क्याथल्याब सम्बन्धि एन्जीओग्राफी, एन्जीओप्लास्टी, पेशमेकर लगायतका सेवा उपलब्ध हुने गरेको र इर्मेजेन्सी एन्जीयोप्लास्टी सेवा भने कार्यालय समय भित्र हुने गरेको कुरा केन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रवेश न्यौपानेले बताउनु भयो ।

    क्याथ ल्याबको सहायताले मुटुको नसा बन्दा भए नभएको थाहा पाउने “एन्जीयोग्राफी” का साथै हृदयघात भएका वा मुटुको नशा साँघुरो भएका विरामीको नशा खुलाउन “एन्जीयोप्लास्टी” गरिन्छ ।
    हाल सम्म ५०३ जनाको क्याथ ल्याब पद्दतीबाट उपचार भएको छ भने १३०३२ जनको इको र १६९९९ जनाको इ. सी. जि, भै सकेको छ । प्रत्येक सोमबार, बुधवार र शुक्रवार मुटु रोग सम्बन्धि बहिरंग सेवा हुने गरेको छ भने अन्य दिनमा मुटुरोग सम्बन्धी पद्दतीहरुको सेवा दिने गरेका कुरा मुटुरोग विशेषज्ञ डा. किसन कुमार कुशवाहले बताउनु भयो । यही फागुन महिनमा मात्रै ६३९ जनाको ओ पि डि सेवा, ३४६ वटा इ सि जी र २८७ इको भएको कुरा डा कुशुवाहा बताउनु हुन्छ ।
    यसै गरी मुटु रोग लागेका विपन्न नागरिकको लागि राज्यले उपलब्ध गराउने एक लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनुका साथै जेष्ठ नागरिकको मुटुको एन्जीयोप्लास्टी उपचार शुल्क निःशुल्क हुने गरेको छ ।

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको उपयुक्त जमिन र आफ्नै भवनको खाँचो छ । स्थान अभावको बाबजुत पनि केन्द्रमाम सञ्चालित मुटुरोग सेवाले भक्तपुर र आसपासका जिल्लाका मुटुका विरामीहरुलाई प्रसस्त सेवा दिइ रहेको छ अतः केन्दको क्षमता विस्तार गरी ५०० बेड बनाउन सके मुटु लगायतको सेवामा अझै वृद्धि गर्न सकिने भक्तपुर आसपासका जिल्लाका बासिन्दाहरु अझ बढी लाभान्वित हुने कुरा केन्द्रले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs