अत्यन्तै दुर्लभ अंगदान

  • कालिका खवर
  • आइतवार, चैत्र २५, २०८०
  • भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा संसारमै दुर्लभ मृर्गौला दान भएको छ । पारिवारिक माया र निस्वार्थताको हृदयस्पर्शी भावना देखाउँदै ८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय प्यारी नातिनी लाई मृगौला दान गर्नु भएको छ । यस कार्यले उनीहरूबीचको अथाहा प्रेम लाई उजागर गर्दै देशलाई मात्र नभई सारा विश्वलाई राम्रो सन्देश दिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मृर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा यही मिति २०८०।१२।१९ गते सोमबार उक्त मृर्गौला प्रत्यारोपण भएको हो ।


    यस प्रकारका प्रत्यारोपण विश्वमै विरलै पाईन्छ । यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्ने र प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बीचको लैङ्गिक असमानतामा पनि सुधार गर्न सक्ने कुरा कुरा केन्द्र कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनु भयो । साथै प्रत्यारोपण पश्चात् अंगदाता ८१ बर्षीया हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातीनि छैठौं दिनमा सकुशल डिस्चार्ज हुनु भएको छ ।
    १२ वर्षाको अवधिमा केन्द्रले १२२७ जनाको सफल मृगौला प्रत्यारोपण गरेको छ भने २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेख्य संख्यामा मृगौला तथा कलेजो प्रत्यारोपण मात्र नभई अंगदान सम्बन्धी व्यापक प्रचार प्रसार तथा देश भरी डायलाइसिस विस्तार गर्न नेपाल सरकारलाई सहयोग पु-याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs