आइअपिओ निष्कासन गर्दै सभापोखरी हाईड्रोपावर

  • कालिका खवर
  • मङ्लबार, चैत्र ६, २०८०
  • सभापोखरी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी चैत २४ गते काठमाडौंको महाराजगंजमा रहेको अरिकल ईभेन्ट्समा साधारण सभा बोलाएको हो ।

    सभामा कम्पनीको पूँजीको संरचना संशोधन गर्ने र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने सम्बन्धमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ ।

    यस्तै सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने तथा १ जना स्वतन्त्र सञ्चाल नियुक्त एजेण्डा पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs