राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिनै एन्फा टोली बहराइन

  • कालिका खवर
  • बुधबार, चैत्र ७, २०८०
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन गएका छन् । फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग भोलि चैत ८ र १३ गते हुन लागेको खेल हेर्न उनीहरू हिजो त्यसतर्फ गएका हुन् ।

    बहराइन जानेमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट रहेका छन् ।  विष्ट खुमलटारका अध्यक्षसमेत हुन् । उदयपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ, जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर क्षेत्री बहराइन गएका छन् ।

    यसअघि चिकित्सक राजु डंगोल महर्जन र खेल पत्रकार गोविन्दराज नेपाल राखेपको स्वीकृति लिएरै बहराइन गइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs