दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

  • कालिका खवर
  • शुक्रबार, चैत्र ९, २०८०
  • भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको केन्द्रीय वित्त मन्त्रालय, राजस्व विभाग मातहतको प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले मुख्यमन्त्री केजरीवाललाई हिजो बेलुका पक्राउ गरेको  हो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ गर्नुअघि ईडीको टोलीले केजरीवालसँग दुई घण्टा लामो सोधपुछ गरेको थियो । निर्देशनालयले दिल्लीको रक्सीसम्बन्धी नीतिलाई लिएर उनीमाथि छानबिन गर्दै आएको थियो ।

    यसअघि बयानका लागि पटक–पटक बोलाए पनि केजरीवाल उपस्थित भएका थिएनन् । आम आदमी पार्टीका केजरीवालले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न झुटो आरोप लगाइएको दाबी गर्दै आएका खबरमा उल्लेख छ ।

    यसअघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया र अर्का एक मन्त्री पनि अनियमितता गरेको भन्दै पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs