जातीय विभेदीकरण उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (मार्च २१) डि.आर. मेमोरियल स्कुल मा सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, चैत्र ९, २०८०
  • काठमाडौं । जातीय विभेदीकरण उन्मूलनको अन्तर्राष्ट्रिय दिवस मार्च २१ को अवसरमा काठमाडौंको बूढानीलकण्ठ -८ स्थित डि.आर. मेमोरियल स्कुल, भङ्गालको आयोजना र दलित महिला केन्द्र नेपाल तथा दलित महिला उत्थान केन्द्रको सह- आयोजनामा एक विचार गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम संविधान  सभा सदस्य एवम् दलित महिला उत्थान केन्द्रको उपाध्यक्ष श्री अञ्जना बिसङ्खेको अध्यक्षता र प्रतिनिधि सभा सदस्य माननीय सीता मिजारज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
    प्रमुख अतिथि माननीय  मिजारले भने,”नेपालको सम्विधानले समावेशीता र समानताको हक त प्रदान गर्यो तर बालमैत्री, महिला मैत्री र दलित मैत्री कानुन व्यवहारमा लागु भइनसकेकोले यसको निर्माणमा हामी आज पनि आन्दोलनरत छौँ।”
    सभाध्यक्ष अञ्जना बिसङ्खेले भने “नेपाली समाजमा जातीय विभेदको जरा जरो गाडेर बसेको छ, यसलाई नेपालकै कानूनको परिभाषा अनुसार हटाउनु हाम्रो कर्तव्य हो, जसले समानताको हकलाई महसूस गर्ने प्रकारको हुनुपर्छ”।

    कानून बनाउने नयाँ पुस्ताको जिम्मेवारी हो। सबैले सूचनाको हक थाहा पाउन कोशिस गर्नुपर्ने बुनपा वडा नम्वर ८का सदस्य मैना पराजुलीले बताए ।

    मोटिभेसनल प्रस्तोता पिस एजुकेशन फाउण्डेशनका प्रशिक्षक श्री ईश्वर श्रेष्ठले विद्यालयका अभिभावकहरुलाई आकर्षक तरिकाले मनोपरामर्श कार्यक्रम प्रस्तुत गर्नुपर्ने बताए । साथै दलित महिला केन्द्र नेपालका सँस्थापक अध्यक्ष र हालका महासचिव गौरा नेपालीले २१ मार्च सन् १९७९मा स. रा. संघमा जातीय विभेद विरुद्धको प्रस्तावमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाएको आजको दिन नेपालमा पनि व्यापक रुपमा मार्च २१ दिवस जनचेतनाको रुपमा मनाउन सुरुवात भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs