दाङमा बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका तीन जनाको ज्यान गयो

  • कालिका खवर
  • आइतवार, चैत्र ११, २०८०
  • दाङमा बिद्युतको तार चुँडिएर भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन जना पुगेको छ । राप्ती गाउँपालिका–३ मा हिजो दिउँसो बिद्युतको तार चुँडिएर घरको आँगनमा पुग्दा एकै घरका तीन जनाको ज्यान गएको हो । चुँडिएको तारले शुरुमा चार बर्षका बालकलाई छोएको र उनलाई बचाउन जाँदा बालकका हजुरबुबा र हजुरआमाको पनि ज्यान गएको हो ।

    ज्यान गुमाउनेहरुमा ६० वर्षका गोरखबहादुर केसी, उहाँकी श्रीमती ५५ वर्षकी दिलसरा र नाती चार वर्षका कृष्ण रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  करेन्ट लागेर घाइते भएकामध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा ज्यान गएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs