आज दुई संसदीय समितिको बैठक बस्दै; यस्ता छन् छलफलका एजेन्डा

  • कालिका खवर
  • बुधबार, चैत्र १४, २०८०
  • काठमाडौं । संघीय संसद अन्तरर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अहिले बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

    बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

    त्यस्तै, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs