इलाम र बझाङको उपचुनावमा उम्मेदवारी दिने माओवादीको निर्णय

  • कालिका खवर
  • बुधबार, चैत्र १४, २०८०
  • काठमाण्डौ सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम र बझाङको उपचुनावमा आफ्नै पार्टीको उम्मेदवार दिने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम–२ र प्रदेश सभामा बझाङ–१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उम्मेदवारको नाम भने छलफल गर्न बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताउनुभयो । यसअघि एमालेले दुबै क्षेत्रमा उम्मदेवार टुंगो लगाइसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs