सहकारीको अनुसन्धान नसकिँदासम्म गृहमन्त्री लामिछाने पदबाहिर बस्नुपर्छ : सांसद बडू

  • कालिका खवर
  • बुधबार, चैत्र १४, २०८०
  • काठमाडौं । सुन तस्करी प्रकरणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसदले माग गरेका छन् ।

    बुधबारको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद दिलेन्द्र बडूले सुन तस्करीबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका हुन् ।

    उनले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै आयोगले तयार पारेको रिपोर्ट सार्वजनिक गर्दा आमनागरिकले थाहा पाउने बताए ।
    उनले सहकारी प्रकरणमा मुछिएका आरोपीहरू अझै पक्राउ नपर्नुले भूमिका शंकास्पद भएको प्रश्न गरेका छन् । “पोखराको सूर्यदर्शन सहकारीको रकम कसरी ग्यालेक्सी टेलिभिजनका आयो ?,” उनले प्रश्न गरे ।

    त्यस्तै, लामिछानेको नाममा एक करोड रुपैयाँ कसरी जम्मा भयो ? भन्दै प्रश्न गरेका छन् । त्यसको अनुसन्धान गर्न गृहमन्त्री लामिछानेले पदबाहिर बसेर सहयोग गर्न समेत आग्रह गरे ।

    त्यस्तै, बाँसबारी छालाजुत्ता प्रकरणमा जोडिएका सांसद विनोद चौधरीको बयानबारे शंकास्पद तरिकाले गृह प्रशासनले व्यवहार गरेको आरोप लगाए ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs