विमानस्थलबाट १५ किलो चरेस बरामद

  • कालिका खवर
  • बिहिबार, चैत्र १५, २०८०
  • प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको चरेस प्रहरीले हिजो बरामद गरेर आज सार्वजनिक गरेको हो ।

    विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट कार्गो जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको १८ वटा फोटो फ्रेमभित्र लुकाएर ल्याइएको अवस्थामा चरेस फेला पारेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs