पहाडी भेगमा दिउँसो तिर पानी पर्ने प्रवल सम्भावना

  • कालिका खवर
  • शनिबार, चैत्र १७, २०८०
  • यतिबेला देशभर मौसम आंशिक बदली भएको छ । दिउँसोपख पहाडी भेगका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिमसँगै कोशी प्रदेशका पहाडी भेगमा दिउँसोपख पानी पर्ने सम्भावना छ । भारतबाट पानी पार्ने बादल नेपाल प्रवेश गरिरहेको र स्थानीय प्रभावले पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

    भोलिदेखि मौसममा केही सुधार हुने मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs