कोशीमा मुख्यमन्त्रीकी सालीलाई कम्प्युटर अपरेटरको नियुक्ति

  • कालिका खवर
  • आइतवार, चैत्र १८, २०८०
  • कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको पर्यटन विकास आयोजनामा आफ्नी साली शोभा बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्ति दिलाएका छन् ।

    कार्की २७ असोजमा मुख्यमन्त्री भएका थिए भने उनकी सालीको नियुक्ति गत पुसमा भएको छ । कोशीको पर्यटन विकास आयोजना पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्छ । सो मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सम्हालिरहेका छन् ।

    यादवले भने कम्प्ययुटर अपरेटरमा नियुक्त बस्नेत र मुख्यमन्त्रीको सम्बन्धबारे आफूलाई थाहा नभएको बताए । आयोजनाले सबै कर्मचारी करारमा नियुक्त गरेको र त्यसका लागि विज्ञापन भने नगरिएको उनले खुलाए ।
    आयोजनाका १४ जना इन्जिनियर र सवइन्जिनियरको नियुक्ति पनि प्रतिस्पर्धा बिना नै भएको आयोजना प्रमुख यादवले बताए । ‘करार नियुक्ति हो, २–२ महिनाको म्याद हुन्छ, आवश्यकता अनुसार राख्ने हो’, उनले भने ।

    चालु आर्थिक वर्षमा पर्यटन विकास आयोजनाका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो आयोजनामार्फत प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।

    १३ मंसिरमा पारित भएको कोशी प्रदेशको बजेटले पाचौं तहको कम्प्युटर अपरेटरको दरबन्दी सिर्जना गरेको थियो । सोही दरबन्दीमा मुख्यमन्त्री कार्कीले आफ्नी सालीलाई नियुक्त गर्न लगाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs