कलाकार बुढाथोकी वरिष्ठ उपाध्यक्षमा निर्विरोध

  • कालिका खवर
  • आइतवार, चैत्र १८, २०८०
  • काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति सिन्धुलीको बरिष्ठ उपाध्यक्षमा कलाकार शिशिर बुढाथोकी निर्विरोध चयन भएका छन् ।

    जिल्ला कार्यसमितिको आठौं बार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिबेशनबाट प्रिन्सराज पौडेलको अध्यक्षतामा चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिशिर चयन भएका हुन । लामोसमयदेखि कलाकारितामा सक्रिय शिशिर कलाकारितासंगै सांगठनिक गतिविधी र सामाजिक अभियन्ताका रुपमा सक्रिय छन् । निर्देशक, अभिनय विधामा सशक्त रुपमा सक्रिय बुढाथोकीका थुप्रै चर्चित गीतहरु बजारमा सार्वजनिक भईसकेका छन् ।

     

    प्रिन्सराज पौडेलको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष बनेका बुढाथोकीको टिममा उपाध्यक्षमा बाबुराम भट्टराई, महिला उपाध्यक्षमा बेनिषा शंकर, सचिवमा रादिप सुनुवार, कोषाध्यक्षमा हृदय सदाशंकर, सहकोषाध्यक्षमा यजु माला र सदस्यहरुमा अर्पण डुम्जन, अनिल सुनुवार, गणेश सुनुवार, बाबुराम नेपाली, कमल त्रिपाठी, राजेश तामाङ, सुगम पाख्रिन, सबिता थिङ, सपना अधिकारी चयन भएका छन् ।
    समितिको प्रबक्तामा तारा लामालाई चयन गरिएको छ भने आर. के. कुमार शाही र आर. के. मिलनलाई सल्लाहकारमा चयन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs