सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

  • कालिका खवर
  • शुक्रबार, चैत्र २३, २०८०
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको मत पाउने अवस्था नभएपछि उहाँले राजीनामा दिनुभएको हो ।

    सत्ता साझेदार नागरिक उन्मुक्तिका सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोज्नुभएको हो । गएको वर्ष तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    केन्द्रमा भएको सत्तासमीकरण फेरबदलसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो । मुख्यमन्त्री शाहले आफ्नो पार्टी कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमतका लागि आवश्यक २७ सिट पुर्‍याउने कसरत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs