गुजरातविरुद्ध नेपाल १८ रनले विजयी

  • कालिका खवर
  • आइतवार, चैत्र २५, २०८०
  • एसएमएस फ्रेन्डसिप कप २०२४ को उपाधि नेपालले जितेको छ। फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७६ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा गुजरात आठ विकेट गुमाएर एक सय ५८ रनमै सीमित भयो।

    गुजरातको वापीस्थित क्रिकेट मैदानमा गुजरातलाई सस्तैमा रोक्न अविनाश बोहोराले तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई तथा कुशल मल्ल र करण केसीले समान एक–एक विकेट लिए।

    यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७४ रनको महत्वपूर्ण इनिङ्स खेले। ४७ बल खेलेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे। उनले ३३ बलमै अर्धशतक पूरा गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs