अखिल नेपाल चलचित्र कर्मी संघ कर्णाली प्रदेश समितीको अध्यक्षमा बिष्ट सर्वसम्मत

  • कालिका खवर
  • सोमवार, चैत्र २६, २०८०
  • काठमाडौ । अखिल नेपाल चलचित्र कर्मी संघ कर्णाली प्रदेश समितीको दोस्रो प्रदेश सम्मेलन आज काठमाडौको सामाखुसीमा सम्पन्न भएको छ ।

    यस सम्मेलनमा प्रमुख अतिथि जनसांस्कृतिक महासंघ नेपालका केन्द्रिय सदस्य तथा अखिल नेपाल चलचित्र कर्मी संघ कर्णाली प्रदेश इन्चार्ज कमल प्रसाद शर्मा र अतिथि अखिल नेपाल चलचित्र कर्मीसंघ केन्द्रिय सदस्य हेमराज घर्ती को उपस्थिति रहेको थियो।

    उक्त सम्मेलनबाट अध्यक्षमा नेत्र बहादुर बिष्ट सर्वसहमति चयन हुनु भएको छ। नेत्र बहादुर बिष्टको अध्यक्षतामा ११ जनाको समिती गठन भएको छ। जसको उपाध्यक्ष रमेश बनगोसाइ, उपाध्यक्ष सुशील गौतम(शुभम) होमबहादुर थापा र सचिबमा चङ्खलाल पुन मगर कोषाध्यक्षमा धन कुमारी बिक निर्बाचित रहनु भएको छ। अन्य सदस्यहरु सारदा पौडेल, बसन्त राणा ,कृष्ण घर्ती मगर,प्रकाश गिरि,शक्ति परियार रहनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs