टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलिले लगाउने जर्सी सार्वजनिक

  • कालिका खवर
  • मङ्लबार, चैत्र २७, २०८०
  • आउँदो जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले हिजो जर्सी सार्वजनिक गर्नुभएको हो ।

    नयाँ जर्सी गैँडा र सगरमाथा अङ्कित छ । निलो, रातो, हल्का मधुरो कलेजी र सेतो रङ्ग रहेको जर्सीकोबीचमा नेपाल लेखिएको छ । यस्तै बायाँतर्फ क्यान र दायाँतर्फ आईसीसी टी–२० विश्वकपको लोगो रहेको छ । दुवै बाहुलामा नेपालको झण्डा राखिएको छ । जर्सीको पछाडिको भागमा खेलाडीको नाम र नम्बर पनि रहनेछ ।

    टी–२० विश्वकप आउँदो जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs