एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गरायो

  • कालिका खवर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ । एप्पलले प्रयोगकर्ताहरु मेशिनरी स्पाइवयर अट्याक अर्थात  डिभाइसमा प्रयोग भएको इन्टरनेटको डाटा चोरेर महत्वपूर्ण जानकारी लिने जस्ता समस्या हुन सक्ने भन्दै सचेत गराएको हो ।

    यसले आइफोन प्रयोगकर्ताको बैंक खाता खाली गर्ने जोखिम धेरै भएको एप्पलले जनाएको छ । यो आक्रमण नियमित साइबर आपराधिक आक्रमणहरू भन्दा फरक रहेका र अहिलेसम्म यस्ता घटना कम सङ्ख्यामा मात्रै भएका बीबीसीले जनाएको छ ।

    कम्पनीले हालसाले मात्र धेरै प्रयोगकर्ताहरू स्पाइवेयर प्रयोग गरेर आक्रमणको जोखिममा रहेका पत्ता लागेको जनाएको छ । त्यसपछि कम्पनीले प्रयोगकर्तालाई इमेलमार्फत यो खतराबारे जानकारी गराएको खबरमा उल्लेख छ ।

    कम्पनीले जोखिममा रहेका ९० देश कुन–कुन हुन् भन्ने जानकारी भने अहिलेसम्म  दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs