पोखराको गण्डकी बोडिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध वन मुद्दा दर्ता

  • कालिका खवर
  • शनिबार, बैशाख १, २०८१
  • कानुनविपरित विद्यालयभित्र रहेका रूख काटेर विक्री गरिएको भन्दै कास्कीको गण्डकी बोडिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

    प्रचलित वन ऐनविपरित विद्यालय परिसरमा रहेको रुख काटेर विक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित ८ जनाविरुद्ध  मुद्दा दर्ता गराएको हो । सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूख काटिएको थियो ।

    अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरिएको पाएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो । वन कार्यालयले प्रधानाध्यापक खड्कासहित लोकबहादुर थापा, सोनी गुरूङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध हिजो मुद्दा दर्ता गराएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs