भोलि चैते दशैंमा सार्वजनिक बिदा

  • कालिका खवर
  • सोमवार, बैशाख ३, २०८१
  • अछामको मङ्गलसेन नगरपालिकाले चैते दशैंको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो राजपत्रमा सोमबार सूचना प्रकाशित गरेर वैशाख ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    वैशाख २ गते राजपत्रमा सूचना प्रकाशन गरी नगर क्षेत्रभित्र चैते दशैं मनाउने र जुपू खौलामा दशैं मेला लाग्ने भएकोले बिदा दिइएको बताइएको छ । अघिल्लो महिनाको चैत ३० गते बसेको नगरकार्यपालिकाको १० औं बैठकले नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    अछाममा हरेक वर्ष रामनवमीको अघिल्लो दिन ९चैत शुक्ल अष्ठमी० चैते दशै धुमधामका साथ मनाउने परम्परा रहेको छ । चैते दशैंको लागि घर बाहिर रहेकाहरु समेत गाउँघरमा फर्केर चैते दशैं मनाउने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs