परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थीको गाडीबाट खसेर ज्यान गयो

  • कालिका खवर
  • सोमवार, बैशाख ३, २०८१
  • स्याङ्जाको वालिङमा गाडीको ढोकाबाट खसेर आज साेमवार एक जना विद्यार्थीको ज्यान गएको छ ।

    बसबाट खसेर सर्लाहीको मलङ्गवा नगरपालिका घर भएका २० वर्षीय अमित शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।

    वालिङ नगरपालिका–१३ मा रहेको भूपू सैनिक माविमा सीटीईभीटी इलेक्ट्रिक इन्जिनियरिङ विषयको परीक्षा दिएर फर्कँदै गर्दा शाह लु १ ख ६८९७ नम्बरको गाडीबाट खसेका प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs