मलामीको चिर्पट प्रहारबाट मुक्तिघाटका कामदारको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, बैशाख ४, २०८१
  • सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।

    सोमबार दिउँसो ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो ।

    इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका तामाङको उपचारका क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी फरार अनिल तामाङको खोजी गरिरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs